अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्‍मा आज हुने भनिएकाे प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। 

एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएकाे जानकारी गराउनुभयो।

मुख्य सचेतक बर्तौलाले भन्नुभयो  ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद् बैठकमा आउन नसक्ने’ जानकारी गराएका थिए। यससँगै प्रधानमन्त्रीसँगको सांसदहरुको प्रश्नोत्तर कार्यक्रम आज नहुने भएको छ। 

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजकाे बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियाे।