अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरुङ

अहिले राज्यविरुद्ध विद्रोह गर्ने समय होइनः सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक भएकाले सबैको प्रतिनिधित्व हुन नसक्ने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको बताउनु भएको छ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनु भएको हो।

राष्ट्रपतीय प्रणालीमा जाँदा प्रतिनिधित्वका लागि ठाउँ कम हुने भएकाले राष्ट्रपतीय प्रणालीमा नगएको उहाँको भनाइ छ। अहिलेको शासन प्रणालीबाट आदिवासी जनजातिहरुले लाभ लिन सक्नुपर्ने बताउनुभयो। समतामुलक, समावेशी समाज निर्माण गर्न जरुरी रहेको मन्त्री गुरुङले बताउनु भयो।

‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक हो। त्यसैले राष्ट्रपतीय प्रणालीमा गयो भने प्रतिनिधित्वमा धेरै समस्या पैदा हुन्छ। प्रतिनिधित्वका लागि स्पेस कम हुन्छ, राज्यमा त्यसकारणले राष्ट्रपतीय प्रणालीमा होइन, सुधारिएको संसदीय प्रणालीमा नै जाऔँ, मन्त्री गुरुङले भन्नुभयो, ‘पार्टीहरुले पनि त्यसको समावेशीताको महसूस गर्न सक्ने, दलहरूले पनि महसुस गर्न सक्ने भनेर शासन प्रणालीले कसरी बढी भन्दा बढी प्रतिनिधित्व गराउँछ भन्ने हो। हाम्रो प्रयास फ्रान्सको जस्तो प्रणालीमा जाऔँ न त दुनियाँमा एउटा राष्ट्रपतिय शासन प्रणाली र अर्को संसदीय शासन प्रणाली हो। हाम्रो शासन प्रणाली हाम्रो लागि परिवर्तन भएको हो कि होइन ?’

मन्त्री गुरुङले एकथरी मानिसहरु अहिले पनि राज्यको विरुद्धमा विद्रोह गरिरहेको भन्दै अहिले विद्रोह गर्ने समय नभएको बताउनुभयो। मन्त्री गुरुङले भन्नुभयो, ‘एकथरी मानिसहरू अहिले पनि राज्यको विरुद्धमा द्रोह गरिरहेकै देखिन्छ। आज राज्यको विरुद्धमा विद्रोह गर्ने समय होइन।’