अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको सिर झुक्ने काम गरेका छैनौँ: मुख्यमन्त्री कँडेल

कर्णालीको सिर झुक्ने काम गरेका छैनौँ: मुख्यमन्त्री कँडेल


सुर्खेत-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको सिर झुक्ने खालका कुनै पनि काम नगरेको बताउनु भएकाे छ।

बुधबार कर्णाली प्रदेश स्थापना भएको १० वर्षको पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सरकारमा बसेर नागरिकको सिर झुक्ने काम आफूबाट नहुने बताउनु भएकाे हाे।

जनताको बलिदानीबाट प्राप्त कर्णालीलाई माथि उठाउन सरकारले रातदिन नभनी काम गरिहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासले प्रदेश संरचना संस्थागत हुन नसक्ने दावी गर्नुभयाे।

यसमा सबै राजनीतिक दलले सत्ता र प्रतिपक्षभन्दा पनि यहाँको वास्तिविक अवस्थालाई सिरोधार गर्न आवश्यक रहेको उहाँले औल्याउनुभयाे। दलिय प्रणालीमा व्यक्ति विशेष र ठाउँ विशेषका कामभन्दा पनि समृद्ध कर्णाली निर्माणमा सामुहिक प्रयास आवश्यक रहेको उहाँको भनाई थियो ।

संघीयता कार्यान्वयन भएको लामो समयसम्म पनि संघले अधिकार हस्तान्तरणमा चासो नदिदा संघीयता कार्यान्वयनमा चुनौती झेल्नु परेको उहाँले सुनाउनुभयाे । संघीयता कार्यान्वयनका क्रममा भएको अव्यवहारिक सिमाङ्कनका विरुद्ध उठेको आवाजबाट निर्मित कर्णालीलाई समृद्धिको पथमा लैजान साझा धारणा आवश्यक रहेको पनि उहाँले बताउनुभयाे।