अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पुस्ताले तीजको मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छः सचिव अर्याल

नयाँ पुस्ताले तीजको मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छः सचिव अर्याल



काठमाडौँ – नेकपा एमालेका सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीज पर्वलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको संरक्षण गर्ने तरिकाले मनाउनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा हिजोको पुस्ताले तीज पर्वका अवसरमा विभेदको पर्खाल तोडने अस्त्र बनाएको र अहिलेको पुस्ताले यस्को मौलिकपनको संरक्षण गरेर मनाउनुपर्ने बताउनुभएको हो ।
“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्नका लागि तीज पर्व मनायो” पूर्व मन्त्री समेत रहनुभएकी नेतृ अर्यालले भन्नुभयो,“नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।”
सचिव अर्यालले तीज पहिलाको घरमा पाएका पीडा र वेदनमा माइतीमा आएर साथीसंगीसँग मिलेर गीतमार्फत आफ्नो पीडा पोख्ने माध्यमका रुपमा विकास भएको हुनाले तीज पर्व आँशु, खुशी र इतिकासको पर्व भएको बताउनुभयो ।
नेकपा ९एमाले०का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिदीवहिनी, साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले व्यवसायिक पत्रकारिताको विषयमा छलफल गर्ने र आपसका दुःखसुख साट्ने पर्व भएको बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधै काममा व्यक्त रहने महिला पत्रकारहरुले एकदिन भएपनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यममा रुपमा कार्यक्रमको आयोजना गरेको बताउनुयभो ।
पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने र भेटघाट, खुशी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।
–––