काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा.राजन भटट्राईले हालै लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमती गरेकोप्रति आपत्ती जनाउनुभएको छ ।
सामाजिक सञ्जालमा आज बिहान भटट्राईले नेपाली र अंग्रेजी दुवै भाषामार्फत धारणा सार्वजनिक गर्दै नेपालको भूभागका मामिलामा नेपालको सहमती बेगर नै गरिने सहमती नेपाललाई मान्य नहुने बताउनुभएको हो । यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ संकेत गर्दै उहाँले लेख्नु भएको छ ‘यो सार्वभौम सच्चाई हो ।’
‘नेपालको भूभागका मामिला नेपालको सहमती बेगर गरिने सहमती वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन । यो सार्वभौम सच्चाई हो ’ भट्टराईले लेख्नु भएको छ ।
चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमती गरेका थिए । यस विषयमा हिजो परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै लिपुलेक नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको थियो । मन्त्रालयले यस विषयमा थप स्पष्ट पार्दै भनेको छ ‘नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।’







प्रतिक्रिया