अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पर्क कार्यालय उद्‍घाटन गर्नुहुँदै विद्यादेवी भण्डारी

सम्पर्क कार्यालय उद्‍घाटन गर्नुहुँदै विद्यादेवी भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। काठमाडाैंकाे नयाँ बानेश्वर नजिकै रहेकाे थापागाउँस्थित लाखेचौर मार्गमामा भण्डारीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागिएको हो। 

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। 

छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’बनाएको छ। मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिनुभयो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा सञ्चालन गर्न लागेको जनाएकाे छ।

नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन पश्चात विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।