अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ‌ओलीलाई आज पनि आराम गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्री ‌ओलीलाई आज पनि आराम गर्न चिकित्सकको सुझाव


काठमाडौं-हिजोदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले आज (बिहीबार) पनि आराम गर्न सुझाव दिएका छन्।

चिकित्सकको सुझाव अनुसार आज अध्यावश्यक बाहेकका भेटघाट स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। ‘आज पनि प्रधानमन्त्री अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने कार्यक्रम राखिएको छैन’, सचिवालयले भन्यो।

हिजो प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम थियो। तर एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद्‌मा उपस्थित हुन नसक्ने जानकारी गराउनु भएको थियो।

प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा निजी चिकित्सकबाट उपचार गराइरहेका छन्। 

 

प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेको बताइएको छ।