अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापति देउवा र कर्णालीका मुख्यमन्त्री कँडेलबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र कर्णालीका मुख्यमन्त्री कँडेलबीच भेटवार्ता


काठमाडौं-कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ।

कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबीच देउवालाई भेट्न मुख्यमन्त्री कँडेल निवासमै पुग्नुभएको हो।

बिहिबार कांग्रेस सभापति देउवासँग भेट भएको जानकारी मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जालमार्फत गराउनु भएको छ। ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज उहाँकै निवास बुढानिलकण्ठमा भेटघाट भयो। भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो। महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु गराउनु भएको छ।