अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो: महेश बर्तौला

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हो: महेश बर्तौला


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे भूमि भएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलालले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको विरोध गर्ने बताउनुभएको हो।

‘नेपाली भूमिमाथि नेपालको स्वीकृति र सहभागिताबिना छिमेकी देशहरूबिच सीमा व्यापार गर्ने सम्झौता भएको छ। त्यसको विरोध गर्न चाहन्छौँ,’ बर्तौलाले भन्नुभयो, ‘एमालेले यो सहमतिप्रति असहमति जाहेर गर्छ। भूगोल र जनसङ्ख्याको हिसाबले देशहरू सानोठुलो हुन सक्ने भए पनि देशको स्वाधीनताको हिसाबले सानोठुलो हुँदैनन्।’

नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकतामाथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने  उहाँले बताउनुभयो ।