काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई विशेष दिनमा मात्र होइन सधैंभरी आदर गर्नुपर्ने बताउनुभएको छ ।
बुबाको मुख हेर्ने दिन आफ्ना ९६ वर्षीय बुबासँगको भेटको तस्विर सहित शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस दिनलाई पितृ सम्मानको प्रतिकात्मक दिनका रुपमा लिनुपर्ने बताउनुभएको छ । ‘आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी । बिहानै बुबासँग आर्शिवाद लिएँ ।’
उहाँले आज विशेष दिन भएकोले टाढा टाढा रहेका छोराछोरी पनि बुबाको मुख हेर्न आउने भएकोले विशेष दिन मानिएको उल्लेख गर्नुभएको छ । ‘बुबाको मुख हेर्ने दिन हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन,सधैं आदर सम्मान गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो ।’
प्रधानमन्त्री ओलीले आफू ४ वर्षको हुँदा आमाको निधन भएको स्मरण गर्दै उहाँको धमिलो अनुहार मात्र आफ्नो स्मरणमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले सबैका जीवित पितालाई नमन् र विंगत पितालाई श्रद्धा सहित बुबाको मुख हेर्ने दिनको शुभकामना दिनु भएको छ ।







प्रतिक्रिया