रौतहट-गौर-सिरसिया सडकखण्डअन्तर्गत मुडवालाबा मोड नजिक एक सुटकेशभित्र महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहट अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ। अपरिचित व्यक्तिले नामथर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएका छन्।
शव सुटकेसबाट प्रहरीको मुचुल्का टोलीले झिकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।







प्रतिक्रिया