अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौँको बुढानीलकण्ठमा

२४ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौँको बुढानीलकण्ठमा


काठमाडौँ-बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ।

विभागले आज (आइतबार) बिहान ८:२० बजेतिर जारी गरेको सूचनाअनुसार गत २४ घण्टामा मुलुकभरमै सबैभन्दा बढी ६६.२ मिलिमिटर वर्षा भएको हो। 

५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। विभागका अनुसार यस अवधिमा रुकुमपश्चिम, कैलाली, दार्चुलामा पनि भारी वर्षा भएको छ।

‘गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा काठमाडौँको बूढानीलकण्ठमा मापन गरिएको छ । अन्य जिल्लामा समेत भारी वर्षा रेकर्ड भएको छ,’ जल तथा मौसम विभागले जनाएको छ।