अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाख

सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाख


रौतहट-रौतहटको गौर नागरपालिका-९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।

शव माधव नारायण नगरपालिका–२, महादेवपट्टी माइतीघर भएकी २६ वर्षीया रुवीकुमारी साहको रहेको प्रहरीले जानकारी दिएको छ।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् । 

शनिबार राति करिब ९ बजे स्थानीयले शंकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरक्षाको कारण देखाउँदै प्रहरीले राति नै सुटकेश नखोली आइतबार बिहान मात्र सेनाको बम डिस्पोजल टोलीको सहयोगमा सुटकेश खोलेको थियो ।

सुटकेशभित्र रुवीकुमारीको शव फेला परेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनको घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ । शवलाई कोचिएर सुटकेशभित्र राखिएको पाइएको हो ।