अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छ: सभामुख घिमिरे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छ: सभामुख घिमिरे


ललितपुर-संघीय संसद् प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित रहेर भाषा, कला, संस्कृति र सभ्यतालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन-२ को ग्राण्ड फिनालेलाई सम्बोधन गदै सभामुख घिमिरेले नेपालीलाई विश्वव्यापी रूपमा चिनाउन यस्ता बृहत् प्रतियोगिता महत्त्वपूर्ण हुने भएकाले यसलाई ध्यान दिएर एकताबद्ध रूपमा लाग्नुपर्ने बताउनुभयो ।

‘विश्वव्यापी रूपमा चिनाउन लागेको जनशक्तिले छरिएर रहेका प्रतिभालाई उजागर गर्न लागिपरेको छ, यस्ता कार्यक्रममा हुने नयाँ प्रतिभाको विकासले उत्साहित बनाएको छ, यसबाट प्रेरणा लिँदै आगामी सिजन भव्य हुन सकोस्’, सभामुख घिमिरेले भन्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ ले मेचीदेखि महाकाली मात्रै सीमित नरहेर हाम्रो कला र सम्पदाको सृजनशीलतालाई विश्वभर प्रचारप्रसार गरेको बताउनुभयाे । संस्कृति जगेर्नामा सरकार सदैव तत्पर रहेको बताउँदै उहाँले विश्वभरि फैलिएर रहेका नेपालीलाई एकताबद्ध गराउँदै नेपाली संस्कृति र सभ्यतासँग जोड्न यो प्रयास सराहनीय रहेको धारणा राख्नुभयाे ।