अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रालयको काम कर्मचारी सरुवा-बढुवामात्र होइन: मन्त्री न्यौपाने

मन्त्रालयको काम कर्मचारी सरुवा-बढुवामात्र होइन: मन्त्री न्यौपाने


तनहुँ-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र होइन भन्ने भ्रमलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि रहेको बताउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री न्यौपाने बताउनु भएको हो।

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।

मन्त्री न्यौपानेले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताउनुभयो।

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको बताउनुभयो।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका उपसचिव खिमबहादुर कुमाल, शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष रघुनाथ पौडेललगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियाे ।