अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने

जसपाले दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने


काठमाडौं-अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा रहेका आफ्ना पार्टीका दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको छ।

पार्टी बैठकले दुई मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ पठाउने निर्णय गरेको हो ।

खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो। उहाँहरूको ठाउँमा डा.वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने भएको हो।

सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइ सकेको जनाएको छ।