काठमाडौँ-नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले ताप्लेजुङको आठराई गाउँपालिका वडा-२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्नुभएको छ।
आइतबार सचिव भट्टराईले गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको हो।
वडाध्यक्ष सेन्दाङमाथि शनिबार बेलुका ताप्लेजुङ सदरमुकाम तोक्मेडाँडामा जिल्ला कमिटी बैठक सकेर गाउँ फर्कने क्रममा आक्रमण गरी घाइते बनाएका थिए ।
कुटपिटबाट घाँटी लगायत शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ।
सांसद भट्टराईले घटनाको निन्दा गर्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही गर्न तथा सर्वसाधारणको शान्ति सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गराउनु भएको छ।







प्रतिक्रिया