अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री  ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको हो। यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग याक एन्ड यति होटेलमा द्वीपक्षीय बैठक भएको थियो।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आउनु भएको हो।

भियतनामकोतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

तस्बिर दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय