काठमाडौँ-परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने बताउनु भएकाे छ।
आइतबार विपिनका आमा र बहिनीसँग मन्त्रालयमा भेटेर कुराकानी गरेको जानकारी दिँदै मन्त्री राणाले भेटमा विपिनका आमा र बहिनीले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह गरेको बताउनु भएकाे हाे।
विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए। इजरायलबाट फर्केपछि उनीहरूले मन्त्री राणालाई भेटेर यसबारेमा जानकारी गराएका हुन्।
सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए। उनको अवस्था अझै अज्ञात छ।







प्रतिक्रिया