अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिपुलेक प्रकरणमा एमाले दार्चुलाको प्रतिक्रिया : नेपालको भूमीमा भारत र चीनले व्यापार सम्झौता गर्दैमा कार्यन्वयन हुदैन

लिपुलेक प्रकरणमा एमाले दार्चुलाको प्रतिक्रिया : नेपालको भूमीमा भारत र चीनले व्यापार सम्झौता गर्दैमा कार्यन्वयन हुदैन

दार्चुला – लिपुलेक कालोपानी रहेको जिल्लाबाट नेकपा एमालेले भारत र चीनले गरेको भनिएको व्यापार सम्झौतप्रति तिव्र आपत्ती प्रकट गरेको छ । दुवै देशको स्वामित्वमा नरहेको भूमीमा गरिएको सम्झौताको कुनै अर्थ नहरेको एमालेको ठहर छ ।

अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो । बैठकपछि एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो । एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग गरेको छ ।

यस घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै भारत–चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा यसले नकारात्मक असर पार्ने चेतावनी एमालेले दिएको छ ।

दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ ।

नेपालको अतिक्रमित भूमि प्रयोग गरेर व्यापार सम्झौता भएपछि भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले गम्भीर ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।

एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीले जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्‍याउने गरी भएको गतिविधि अस्वीकार्य भएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन । यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो ।

एमालेले नेपाल सरकारलाई तत्कालै कूटनीतिक पहल गर्न र नेपाल–भू–अधिकारको संरक्षणका लागि ठोस कदम चाल्न जोडदार माग गरेको छ ।