काठमाडौं-प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने नेपाली कांग्रेसले तयारी गरेको छ। राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो।
कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ। समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार बिहान स्थगित गरेको बैठक फेरि बोलाउनु भएको थियाे।
राज्य व्यवस्था समिति सभापतिको लागि सभाममुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि कांग्रेसले बडुलाई सभापति बनाउने गरी गृहकार्य सुरू भएको हो । बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिनुभएकाे थियाे ।







प्रतिक्रिया