अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरकाे कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल

कञ्चनपुरकाे कृष्णपुरमा कार्यकर्ता भेटघाटमा एमाले, जनताका समस्याबारे छलफल


महेन्द्रनगर-कञ्चनपुरमा नेकपा एमाले कृष्णपुर नगर कमिटिले कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरेको छ। नगर कमिटिको निर्णय अनुसार एमालेले टोल–टोलमा गएर संगठीत सदस्यहरुसँग भेटघाट सुरु गरेको हो।

एमाले कृष्णपुर नगर कमिटी सचिव नरेश कार्कीले भदौ छ गतेदेखि कार्यकर्ता भेटघाट कार्यक्रम सुरु गरिएको बत्ताउनुभयो। उहाँका अनुसार कृष्णपुर-१ को सुन्दरीफाँटा, गोदेगाडा, कुमगाडाँ, दोमिल्ला, श्रीपुर र पुतली बजार क्षेत्रमा सङ्गठित सदस्यसँग भेटघाट गरिएको छ। भेटघाट क्रममा सङ्गठित सदस्यको अवस्थाबारे जानकारी दिने, स्थानीय समस्याबारे छलफल, पार्टी सदस्यता नवीकरण र वितरण लगायतका कामहरू भइरहेको नगर कमिटी सचिव कार्कीको भनाई छ।

भेटघाट कार्यक्रममा सहभागी एमाले नेता तथा राष्ट्रिय युवा सङ्घ नेपालका पूर्व अध्यक्ष बचन बहादुर सिंहले नगर कमिटीको कार्यक्रम अन्तर्गत कार्यकर्ता भेटघाट भइरहेको बताउनुभयो। उहाँका अनुसार भेटघाटमा पार्टीका सङ्गठित सदस्यहरूसँग स्थानीय आवश्यकतासँगै ग्रास रुटमा पार्टीको अवस्थाबारे जानकारी लिने कार्य भइरहेको छ। ‘अहिले पार्टीमा नेता नेता मात्रै भई राख्ने, जनता र कार्यकर्तामा नजाने समस्या देखिएको छ।’

नेता सिंहले भन्नुभयाे, ‘सबै तहका नेता र संगठीत सदस्यबिचको ग्याप छ, त्यसलाई हटाउन यस किसिमका कार्यक्रम आवश्यक छन, जनताका समस्या र अपेक्षा सम्बोधनका लागि पनि सहज हुन्छ।’ त्यस्तै भेटघाट कार्यक्रमले संगठीत सदस्यहरुमा उत्साह छाएकोे कृष्णपुरका एमाले नेता लोकराज पन्तले बताउनुभयाे। उहाँका अनुसार पछिल्लो समय नेता–कार्यकर्ताबिच दुुरीले पार्टी कमजोर हुने अवस्था रहेकोले यस कार्यक्रमलाई निरन्तरता दिन संगठीत सदस्यहरुले सुझाव समेत दिएका छन्। त्यस्तै स्थानीय सरकारका गतिविधिप्रति जनता सन्तुष्ट नरहेको पनि उहाँले बताउनुभयाे। ‘नगरपालिकाले जन अपेक्षा अनुसार काम गर्न सकिरहेको छैन, आफु अनुकुल मात्रै काम भईरहेको छ।’

उनले भने ‘पालिकाको काम बारे जनतामा कुनै किसिमको सूचना छैन्, कांग्रेसकै कार्यकर्तानै पालिकाका गतिविधिबारे अनविज्ञ, उनीहरुमा पनि सन्तुष्टी देखिदैँन् आफ्नै पार्टी नेतृत्वको स्थानीय सरकारबारे उनीहरुको व्यापक गुनासो छ।’

भेटघाटसँगै जनताका समस्या बुझेर र समाधानका लागि सरकारसँग खबरदारी गरिने उनको भनाई छ। त्यस्तै भेटघाटका क्रममा स्थानीयले विकास निर्माण कार्य समयमै सम्पन्न हुनेपर्नेमा जोड दिएका छन् भेटघाट कार्यक्रममा दशैँसम्म पालिकाका सबै वडा सम्पन्न गरिसक्ने एमालेले जनाएको छ ।