अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीजकाे दर खाने दिनमा प्रधानमन्त्रीको शुभकामना

माइती र चेलीलाई पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्: प्रधानमन्त्री ओली

माइती र चेलीलाई पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको दर खाने दिनको अवसरमा माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोड्दै संस्कृतिको सुगन्धले जीवन भरिओस् भन्दै शुभकामना दिनुभएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा तीजको दर खाने दिनको अवसरमा शुभकामना भएको हो। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्।’

प्रधानमन्त्री ओलीले तीज पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित पर्व भएको बताउनुभयो।

‘पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइती बिचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ। हिजोको समाज आजको जस्तो भौतिक सुविधामा थिएन, एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नु पर्थ्यो। खोलानाला तर्ने पुल थिएनन्, खबर आदान-प्रदान गर्ने माध्यमहरू थिएनन्। तीजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो। पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन्। दर माइती घरमा नै खाने चलन थियो ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो। विवाहित छोरी सहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मीयता साट्ने अवसरका रूपमा तिज पर्व रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो।