अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीज दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

तीज दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नाचगानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताउनुभएको छ । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ ।

तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ‘तीजलाई प्राय गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ ।’
प्रधानमन्त्री ओलीले अघि लेख्नुभएको छ ‘प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् । हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ ।’

दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा पेजमा लेख्नुभएको छ ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।’