देशमा भएका सबै मान्छेले पोलिटिक्स गरेर हुँदैन। सबैको आफ्नो ठाउँ हुन्छ, रुचि हुन्छ, क्षेत्र हुन्छ। मैले एउटा अन्तर्वार्तामा भनेको थिएँ- नेपालमा किन हो कुन्नि सबैलाई पोलिटिक्स नै गर्न मन लाग्दो रहेछ। जहाँ पनि पोलिटिक्स कै कुरा मात्रै हुन्छ। र, पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ। अरू क्षेत्रमा सक्सेस भएको सक्सेस भएको होइन कि भन्ने ठान्ने हाम्रो समाज र हाम्रो मानसिकता छ। त्यस्तो होइन। यो युवा सङ्घ लाखौँ युवाहरू सङ्गठित भएको लाखौँ युवाहरूलाई यस्तै यस्तै विकृतिको विरुद्ध सचेतना फैलाउने उद्देश्यका साथ युवा सङ्घ अगाडी बढी रहेको जस्तो मलाइ लाग्छ। तसर्थ म समाजमा असङ्ख्य रूपमा फैलिरहेका नकारात्मकता र एकले अर्काको खुट्टा तान्ने। कसैले प्रगति गरेको हेर्न नचाहने ईर्ष्या र डाहा गर्ने र अघि यहाँ महिलाहरूले तिजको गीत भनेर महिला हिंसाको कुरा पनि उठाउनु भएको छ। त्यस्तै आमाले छोरीलाई के शिक्षा दिने र आजका युवाहरू बिहे नगरेसम्म महिलाहरूलाई तर जब आफू पनि आमा हुन्छ, सासू हुन्छ अनि हिजोको आफूले गरेका केही गल्ती पनि ए मैले त केही गल्ती गरे कि भन्ने सम्झना आउँछ कि जस्तो मलाई लाग्यो। तसर्थ हरेक उमेरका व्यक्तिहरूको आफ्नो आफ्नो दायित्व हुन्छ। आफ्नो जिम्मेवारी र कर्तव्य हुन्छ। सबैले आफ्नो आफ्नो क्षेत्रमा रहेर आफ्नो दायित्व जिम्मेवारी बहन गर्ने उपयुक्त छ भन्ने मलाई लाग्दछ।
अर्को कुरा अहिले हामीले धेरै गीत सुन्यौ नाच हेर्यौं। क्षणिक रूपमा सबै साथीहरू खुशी भएको देख्दा नाच्नु भएको देख्दा क्षणिक रूपमा त मलाई पनि खुशी लागेको छ। हाम्रो समाज मैले यहाँ भनिराख्नु पर्दैन। तपाईँहरू आफैं पनि विविध खालका समस्यासँग जुध्दै भोग्दै आइराख्नु भएको छ होला। यि सबै समस्या समाधानको लागि हामीमा धैर्यताको निकै ठुलो आवश्यकता छ। सुझबुझ र विवेकको निकै ठुलो आवश्यकता छ। अनुशासनको निकै ठुलो आवश्यकता छ। र, मलाई लाग्दछ तपाईँहरूले भन्नुहोला प्रधानमन्त्री कति धनी छन्। अझ के के अब फेसबुक र के के मा त तपाईँहरूले सुने अनुसार त हामीजस्तो धनी कोही पनि छैन जस्तो लाग्छ। तर मलाई के लाग्छ भने धन सम्पत्तिमा हामी धनी नभए पनि इमानदारिता,अनुशासन ,धैर्यता, परिश्रममा चाहिँ हामी निकै धनी छौं भन्ने मेरो मान्यता रही आएको छ। र,हाम्रो धन भनेकै यही हो। तपाईँहरूले दिएको माया हो त्यो मायालाई हामीले ग्रहण गरेर आफूले नराम्रो काम नगर्ने हो। तसर्थ आजका युवाहरूले वास्तवमा म त एक जना हाउस वाइफ हो । तै पनि मलाई आज तपाईँहरूले विशिष्ट पाहुनाको रूपमा बोलाउनुभएको छ। खुशी लागेको छ। र, मुलत आज यो युवा सङ्घले आयोजना गरेको तिज विशेष कार्यक्रममा म सम्पूर्णलाई अब युवा शक्ति भनेको कस्तो शक्ति म यहाँ धेरै भनिराख्दिन। जे होस तपाईँहरू आजको वर्तमान र भोलीको भविष्य तपाईँहरूकै हातमा छ । तपाईँहरू राम्रो बाटोमा लाग्नु भयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ वर्तमान पनि राम्रो हुन्छ ।तपाईँहरू बिग्रनु भयो ,बरालिनु भयो भने हाम्रो वर्तमान पनि राम्रो हुँदैन, हाम्रो भविष्य पनि राम्रो हुँदैन।
अब अहिले धेरै मान्छेको मुखामुखमा सबै युवाले पाउनु पर्दछ युवाले गर्नुपर्दछ भन्ने कुरा छ। यही भाष्य अनुसार वर्तमान समयमा धेरै युवाहरू पनि अगाडी बढे तर उहाँहरूमा शायद धैर्यता नभएर हो कि अथवा के हो हामीले देखिरहेका छौं र,युवा भए भन्दैमा सबै कुरा गर्न सक्ने पनि होइन भन्ने प्रमाण उहाँहरूले नै दिइराख्नु भएको छ। तसर्थ म युवा सङ्घमा सङ्गठित सम्पूर्ण युवा साथीहरूलाई युवा हुनुको साथसाथै तपाईँहरूमा बल र बुद्धि त अवश्य छ साथसाथै धेरै कुराहरू तपाईँहरूले ज्ञान आर्जन गर्न आवश्यक छ र तपाईंहरू जती जती क्यापेबल हुनुहुन्छ हरेक क्षेत्रमा त्यति त्यति नै यो समाजलाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने मैले ठानेको छु । पुनः एक पटक ०८२ सालको हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण महिलाहरूलाई धेरै धेरै शुभकामना दिनुका साथै महिलाहरूलाई अगाडी बढाउन धेरै भाइ दाजुहरू हुनुहुन्छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै मेरो कुरा यही टुङ्ग्याउँछु ।
(प्रधानमन्त्री पत्नी राधिका शाक्यले युवा संघ नेपालको महिला विभागले २०८१साल भदौ ९ गते आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश )







प्रतिक्रिया