अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्कीद्वारा तीज पर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा तीज पर्वको शुभकामना


मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ।

हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो पर्वलाई केवल धार्मिकमात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ।

उहाँले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै  अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ।

सन्देशमा भनिएको छ ,’स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिने छ । प्रदेश सरकारले संविधान प्रदत्त महिला हकअधिकार कार्यान्वयन गर्न प्राथमिकता दिएको छ । महिलाको हित प्रवर्द्धनका कार्यक्रमलाई निरन्तर अघि बढाएको छ । बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुकका सबै पर्व र संस्कारलाई संरक्षण गर्नुपर्छ ।’