काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार छान्नका निम्ति आजको बैठकले निर्णय गर्ने जनाएको छ।
बैठकमा पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी हुनुहुन्छ।
उक्त समितिमा कांग्रेसकै तर्फबाट सभापति बनेका रामहरि खतिवडा संघीय निजामती सेवा विधेयकमा भएको चलखेलपछि छानबिन गर्न बनेको समितिले नैतिकताको प्रश्न उठाएउँदै जिम्मेवार ठहर भएपछि राजीनामा दिनुभएको थियो।





प्रतिक्रिया