अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति उम्मेदवार बनाउने कांग्रेसको निर्णय


काठमाडौं-नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

न्यौपाने संसदीय सुनुवाइ समिति सभापति हुनुहुन्छ। संसदीयु सुनुवाइ समितिका सभापति रहेका न्यौपानेलाई त्यहाँबाट राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिको सभापति बनाउने पदाधिकारी बैठकले निर्णय गरेको हो।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित हुनुहुन्थ्यो।

नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ। आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ। कांग्रेस सांसद रामहरि खतिवडाले २०८२ साउन २७ गते सभापतिबाटराजिनामा दिएपछि उक्त पद रिक्त थियो।