काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न एमालेले २०८२ भदौ १३ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक तोकिएको थियो। तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको हाे।
केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। ‘आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ। ती सुझावहरुलाई मिलाउन समय लाग्ने भयो। त्यसैले भदाै १३ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको हाे।’ गौतमले भन्नुभयो।
एमालेको दोस्रो विधान महाधिवेशन २०-२२ भदौमा तोकिएको छ। उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा पछाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो।







प्रतिक्रिया