काठमाडौं-ईश्वरी न्यौपानेले संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिनुभएको छ।
नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले न्यौपानेलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णयसँगै उहाँले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा पत्र दिनुभएको हो।
राजीनामा पत्रमा उहाँले सुनुवाइ समितिमा विशेष कारणले पदमा रही रहन नसक्ने व्यहोरा उल्लेख गर्नुभएको छ।
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ न्यौपानेले सभामुखलाई बुझाएको पत्रमा उल्लेख छ।







प्रतिक्रिया