काठमाडौं-एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हालै एक फेसबुक पोस्टमार्फत सन्दर्भ, एमाले दोस्रो राष्ट्रिय विधान महाधिवेशन भन्दै पार्टीको निर्णय प्रक्रिया र नेतृत्वको भूमिकामा चासो व्यक्त गर्नुभएको छ।
उहाँले एक जीवित राजनीतिक पार्टीमा औचित्यपूर्ण, तर्कपूर्ण, तथ्यगत र वस्तुनिष्ठ बहसको सट्टा नेतृत्वको आशक्ति, आसय, अभिप्राय, आदेश र आर्शिवादबाट पार्टीको निर्णय र संचालन गर्ने अभ्यासले विचार, निष्ठा, योजना, कार्यक्रम, नीति, छवि र आर्दश, निष्ठा, त्याग र योगदान वा समर्पण जस्ता कुरा नेता, कार्यकर्ताका लागि गौण हुँदै जानेछन्, भन्दै त्यसकारण अहिले नेतृत्वको बहस गरेर नीतिगत बहस र छलफललाई कमजोर नवनाउने कुरा पनि भन्नुभएको छ।
विधान महाधिवेशन आगामी २०–२२ भदौमा ललितपुरको गोदावरीमा आयोजना हुँदैछ। विधान महाधिवेशनमा २ हजार ३९२ जना सहभागी हुनेछन्।







प्रतिक्रिया