अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना लाग्दैन: यातायात व्यवस्था विभाग

असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना लाग्दैन: यातायात व्यवस्था विभाग


काठमाडौं-यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि तत्काल जरिवाना नलाग्ने स्पष्ट पारेको छ।

संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय भए पनि तत्काल कारबाही नगर्ने निर्णय विभागले गरेको हो।

विभागका अनुसार असोज १ गतेदेखि अनिवार्य गर्ने भनिए पनि कार्यान्वयनलाई थप व्यवस्थित बनाउन समय लाग्ने भएकाले असोज २ गतेदेखि मात्र सार्वजनिक सूचना जारी गर्ने तयारी भएको छ।

यसअघि विभिन्न माध्यमबाट आएका समाचार र सूचनाले नागरिकमा भ्रम सिर्जना भएकाले विभागले स्पष्ट पार्दै अहिले नै जरिवाना वा कारबाहीको प्रक्रिया सुरु नहुने जनाएको हो।

यातायात व्यवस्था विभागले सवारी साधनको अनिवार्य दर्ता, नामसारी र नवीकरणसँगै इम्बोस्ड नम्बर प्लेटको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। साथै, सवारी साधन व्यवस्थापनलाई डिजिटलाइज गर्ने दीर्घकालीन योजनाअनुरूप आवश्यक नीतिगत र प्राविधिक तयारी भइरहेको पनि विभागले जनाएको छ। यसअघि विभागले असोज १ गतेसम्म इम्बोस्ड नम्बर नहाले कारबाही गर्ने बताएको थियो। जसको चर्को आलोचना भइरहेको छ।