अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : दिउसो हल्का वर्षा,राती भारी वर्षाको सम्भावना

आजको मौसम : दिउसो हल्का वर्षा,राती भारी वर्षाको सम्भावना


काठमाडौं-आज बुधबार दिउँसो र रातिको सम्भावित मौसमबारे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाड भूभागका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।
आज राति कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना छ।