अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?


काठमाडौँ-नेपाली बजारमा आज (बुधबार)  सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो। 

यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ। 

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।