पर्सा-वीरगञ्ज महानगरपालिकापछि पर्साकाे पोखरिया उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो।
झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए। अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ।
वीरगञ्जमा हैजा संक्रमित संख्या ११५ पुग्यो
वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ। मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा हैजा संक्रमण पुष्टि भएको हो। मंगलबार साँझसम्म ११४ जनामा हैजा संक्रमण पुष्टि भएको थियो।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन्।
शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए । महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।







प्रतिक्रिया