अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री दाहालद्वारा झापाको दमकमा निर्मित सडक आयोजना कार्यालय भवन उद्घाटन

मन्त्री दाहालद्वारा झापाको दमकमा निर्मित सडक आयोजना कार्यालय भवन उद्घाटन


झापा-भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहिवार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गर्नुभएको छ।

मन्त्री दहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन क्रममा मन्त्री दहालले निर्धारित समय भित्रनै सडक बिस्तारको काम सक्न निर्देशन दिनुभयो । योजना कार्यालयका प्रमुख सुनिलबाबू पन्तका अनुसार आयोजना सम्पन्न भए पछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ। कार्यक्रममा सडक बिभागका महा निदेशक डा. विजय जैशी, एडीबि परियोजना प्रमुख चुडाराज ढकाल लगायत बिभागका अधिकारीहरुको सहभागीता रहेको थियो। रु.८ करोड ७ लाख रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो।