अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्या भण्डारीले अध्यक्ष उठ्दा जित्नुहुन्न, लाल गेडी भएर पार्टी चल्दैन: केपी ओली

विद्या भण्डारीले अध्यक्ष उठ्दा जित्नुहुन्न, लाल गेडी भएर पार्टी चल्दैन: केपी ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष उठ्दा नजित्ने दाबी गर्नुभएको छ। 

भदौ ११ गते बुधबार एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलमा केपी ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले विद्यादेवी भण्डारीको सम्भावित अध्यक्षताको चर्चा निराधार रहेको बताउनुभयो।

‘विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष उठ्दा चुनाव जित्नुहुन्न, उहाँ हार्नु हुन्छ। त्यसैले विद्याजीलाई अध्यक्ष बनाउन सकिंदैन। नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। लालगेडी भएर पार्टी चल्दैन । नेतृत्व क्षमता चाहिन्छ। परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ।  मैले उहाँलाई भन्दा बढी सम्मान अरूलाई गरेको छैन होला, उहाँलाई साथ दिँदा म अपमानित हुनुपरेको छ’, केपी ओलीले भन्नुभयो ।

उहाँले पार्टी अध्यक्षमा हारेपछि पार्टीको विरोधमा लाग्ने र भीम रावलाई झैँ कारबाहीमा जानुपर्ने स्थिति आउने बताउनुभएको छ। ‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ, हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाही जानुपर्ने हुन्छ।’

त्यसखालको अवस्था नओस् भनेर नै आफूले सम्मानजनक हैसियत बस्न र राजनीतिमा नआउन पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिएको बताउनुभयो।

‘त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ,’ ओलीले भन्नुभएको छ,  ‘तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ। उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन।’