सुर्खेत-नेकपा एमाले कर्णाली प्रदेशको सचिवालयको सातौं बैठकले गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको सचिवालयको बैठकले सो प्रतिवेदन पारित गर्नुका साथै अन्तिम लेखापरीक्षणका लागि केन्द्रीय लेखा आयोगसमक्ष पठाउने निर्णय गरेको हो।
साथै बैठकमा आसन्न विधान महाधिवेशनमा मातहतका कमिटीले दिएका सुझावलाई मनन् गर्दै केन्द्रीय पदाधिकारीमध्ये कर्णाली प्रदेशबाट कम्तीमा एउटा पद सुनिश्चित हुने गरी छलफल अघि बढाउने विषयमा नेताहरुले धारणा राखेका थिए। यस अघि सम्पन्न प्रदेश कमिटीको बैठकले पार्टी विधानमै केन्द्रीय पदाधिकारीमा कर्णालीको प्रतिनिधित्व अनिवार्य उल्लेख गर्ने प्रयत्न गर्न सुझाव दिएको थियो । प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका काम कारबाहीबारे जानकारी गराउनुभयो।







प्रतिक्रिया