अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नुहुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्नुहुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको सम्बोधनबारे जानकारी गराउनुभएको हो।

शनिबार चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्। त्यस्तै बैठकमा प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

जसअनुसार भदौ १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उहाँले बताउनुभयाे । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरि पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिनुभयो।