अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

 प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्नुहुने


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ।

बिहीबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनु भएकाे थियाे।

शनिबार चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्। त्यस्तै बैठकमा प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।