अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त

विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त


काठमाडौं-विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त हुनुभएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा विशेष अदालतकाे भट्टलाई अध्यक्ष नियुक्त गरेको हो।

न्याय परिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो। विशेष अदालतको अध्यक्षमा नियुक्त सुदर्शनदेव भट्ट उच्च अदालत पाटनका न्यायाधीश हुन्।

त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । सोही अनुसार शुक्रबार बसेको बैठकल अध्यक्ष भट्टसहितका सदस्यहरू तोकेको हो ।