काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) vविधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ। प्रतिनिधिसभाका सचिव शर्कराज राईले सो विधेयक टेबुल गर्नुभएको हो।
यस्तै, संयुक्त समितिकोअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसद रामहरि खतिवडालाई पठाइएको छ। सभामुखको आशनमा रहनुभएका उपसभामुख इन्दिरा रानामगरले राख्नुभएको नाम हेरफेरसम्बन्धी प्रस्तावलाई सदनले स्वीकार गरेको हो।
यसअघि सो समितिको सभापति रहनुभएका ईश्वरी न्यौपानेले राजीनामा दिइ राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ। यसअघि राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहनुभएका खतिवडाले राजीनामा दिनुभएको थियो ।







प्रतिक्रिया