अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ: सञ्चारमन्त्री गुरुङ

सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिनेछ: सञ्चारमन्त्री गुरुङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पार्नुभएकाे छ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताउनु भएकाे हाे।

सञ्चारमन्त्री गुरुङले यसअघि पटक पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अव अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताउनुभयाे।