काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताउनु भएकाे छ।
आजको प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले नेपाली भूमि लिपुलेकबारे भारत-चीनबीच भएको सहमतिबारे कुरा उठाउने बताउनु भएकाे हाे।
उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्लान निरु भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयाे- अवश्य उठ्छ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ देखि १८ तदनुसार अगष्ट ३० देखि सेप्टेम्बर ३० सम्म चीनको थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन चीन जाँदै हुनुहुन्छ।
भ्रमणका क्रममा चीनका राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको दुईपक्षीय भेट हुने कार्यक्रम छ। यसैगरी, चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि उहाँको भेट हुनेछ। चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत नेपाली प्रतिनिधिमण्डल सहभागी हुनुहुने छ।
प्रधानमन्त्रीको टोली भदौ १८ गते स्वदेश फर्कनेछ।







प्रतिक्रिया