अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको चीन भ्रमण

राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो पटक भेट हुँदा खुसी छु: प्रधानमन्त्री ओली

राष्ट्रपति सी चिनफिङसँग लगातार दोस्रो पटक भेट हुँदा खुसी छु: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी व्यक्त गर्नुभएकाे छ।

शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी सँगको द्विपक्षीय भेटप्रति खुशी व्यक्त गर्नुभएकाे हाे। राष्ट्रपति सी सँगको भेट फलदायी भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको थियो।

भेटपछि सामाजिक सञ्जालमा एक्समा लेख्दै प्रधानमन्त्रीले नेपाल-चीनबीचको द्विपक्षीय सहयोग र सहकार्य प्रगतिको समिक्षा गरिएको उल्लेख गर्नुभएकाे छ। साथै आपसी सहकार्य अझ बढाउनेबारे सहमति भएको प्रधानमन्त्री ओली बताउनुभयाे।

‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु,’ भेटपछि प्रधानमन्त्री ओली भन्नुभएकाे छ, ‘विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनको निम्त्याएको पनि धन्यवाद दिनुभएकाे छ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ सैन्य परेडको अवलोकन गर्नुहुने छ। त्यस्तै रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायतका नेताहरूसँग पनि साइडलाइनमा भेटवार्ता गर्नुहुने छ।

एससीओ सम्मेलन उत्तरीको चीनको तियान्जिनमा भोलि सुरु हुँदैछ। प्रधानमन्त्री ओलीले एससीओ प्लस शिखर सम्मेलनमा पर्सी सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।