काठमाडौं-चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गर्नुभएको छ।
थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले आज सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवंं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी हुनुहुन्थ्यो।













प्रतिक्रिया