अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध


रुकुमपश्चिम-पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ।