अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता


काठमाडौँ-चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ।

आइतबार चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच भेटवार्ता गर्नुभएको हो।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्नुभएको छ। उहाँले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताउनुभएको छ।

नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गर्नुभएको छ। तस्बिर सार्वजनिक गर्दैै मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ।’