काठमाडौँ-चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ। यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ।
यस क्रममा आइतबार चन्द्रागिरि-१ लाई बाल श्रममुक्त घोषणा गरियो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि-१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल श्रममुक्त वडा घोषणा’ प्रमाणपत्र हन्तान्तरणसँगै चन्द्रागिरि-१ लाई बाल श्रममुक्त वडा घोषणा गरिएको थियो ।
हालसम्म नगरका १५ वडामध्ये विभिन्न १४ वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा भइसकेका छन्। ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बाल श्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित नगरका वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गरिएका हुन्।
नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधि २०७५ को लक्ष्यअनुसार बाल श्रम निवारणको लागि बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ अवलम्बन गरेको छ । साथै नगरपालिकाले बाल श्रम निवारणसम्बन्धी कार्ययोजना बनाइ बाल श्रममुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको छ।
बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ। चन्द्रागिरि नगर प्रमुख गिरीले आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा घोषणा’ गर्दै बाल श्रम निवारणका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । उहाँले घोषणा पछिको दिगोपनमा काम गर्न आग्रह गर्नुभयो ।
बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बाल श्रममुक्त बनाउँदै लगिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आवमा नगरका सबै वडा बाल श्रममुक्त वडा घोषणा भइसक्ने छन्।
यो नेपालकै बालश्रम मुक्त स्थानीय तहको सातौँ नम्बरमा चन्द्रागिरि आउने जनाएको छ। सो अवसरमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, जनप्रतिनिधिलगायत विभिन्न नगरपालिकाका विषयगत शाखाका प्रमुख, विभिन्न बाल क्लब, विद्यालयका छात्रछात्रा एवं स्थानीयवासीको सहभागिता थियो ।
सो अवसरमा चन्द्रागिरि–१ का वडाध्यक्ष रानामगरले बाल श्रममुक्त घोषणासम्म आइपुग्न पु¥याइएको साथ र सहयोगप्रति वडावासीलाई धन्यवाद दिँदै यसको दिगोपनका लागि भविष्यमा काम गर्ने जानकारी दिनुभयो । चन्द्रागिरि–१ वडा कार्यालयका सचिव रविन पोखरेलले समृद्ध वडा बनाउन विभिन्न काम भइराखेको बताउनुभयो
यस अगाडि बाजागाजासहितको निस्केको ¥याली घोषणा सभामा परिणत भएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीले ‘चन्द्रागिरि नगरपालिका, १ नं वडा, काठमाडौँलाई बाल श्रममुक्त घोषणा गरी हामी नगरपालिकाका जनप्रविधि, विषयगत समिति, विद्यालय, बाल क्लब, सञ्चारकर्मी, उद्योग व्यवसायी, सङ्घसस्था तथा सरोकारवालाहरू बाल श्रममुक्त वडालाई नियमितता दिन र बाल श्रम निवारण गर्न प्रतिबद्धछौँ’ भन्ने घोषणापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो। बाल श्रममुक्त बनाउनका लागि विभिन्न २० सूचक पार गर्नुपर्छ ।
यस्तै बालमैत्री बनाउनका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने जनाइएको छ। अन्तरराष्ट्रिय श्रम सङ्गठनका ९आइएलओ० को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बाल श्रममा संलग्न छन्। १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन्। बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छ।
–––







प्रतिक्रिया