अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्यमा निरन्तर किर्तीमान, २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

सुनको मूल्यमा निरन्तर किर्तीमान, २ लाख ५ हजार नाघ्यो सुनको मूल्य


काठमाडौँ-नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ।

आइतबार स्थानीय बजारमा प्रतितोला रू.२ लाख ३ हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो। आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू.२ हजार ४७० पुगेको छ। आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

(((